जब तिमीमा आकाश र पुजा

काठमाडौं । गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो ‘जब तिमी’ सार्वजनिक भएको छ। उनलाई गीतमा गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्।

गीतमा केदार उप्रेतीको शब्द र बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्मा फिचर्ड छन् । सौरभ लामाको छायांकन रहेको भिडियोमा अनिल रानाको सम्पादन र किरण राईको निर्देशन छ । ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।