उर्मिलालाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री उर्मिला मातोडकरलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि उल्लेख गरेकी छन् ।

उर्मिला वर्तमान अवस्थामा ठूलो पर्दाबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा उनको सक्रियताको कमी छैन । उनी आफ्ना फ्यानका लागि विशेष तस्वीर र भिडियो शेयर गरिरहन्छिन् ।

उनले ट्वीटरमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । उनी हाल क्वारेन्टाइनमा छिन् र स्वास्थ्य अवस्थामा स्थिर छ । ‘म कोभिड–१९ बाट संक्रमित भएकी छु । हाल म ठिक छु र आफूलाई क्वारेन्टाइन गरेकी छु । मेरो सम्पर्कमा आउनुभएका सबैलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दछु । मेरा सबै प्रिय मानिसहरुलाई दीवाली उत्सवमा स्वास्थ्यलाई ध्यान दिनुहोला’, उनले लेखेकी छन् ।