छोरी सम्झिएर राजश्रीको आई मिस यु

काठमाडौं । गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेण्टिमेण्टल भर्सनको गीतमा ‘नेपाल आइडल ३’ की विजेता गायिका सज्जा चौलागाईको स्वर, न्ह्यू बज्राचार्यको संगीत र गोपाल रसाइलीको संगीत संयोजन छ ।

राजश्रीकै कन्सेप्ट र निर्देशन रहेको भिडिठयोमा उनीसँगै गरिमा शर्मा र श्रेया सिटौला फिचर्ड छन् । भिडियोमा उत्तम हुमागाईको छायांकन र प्रविण श्रेष्ठको सम्पादन छ ।

मनिकलाल श्रेष्ठ निर्माता रहेको भिडियो गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत सार्वजनिक गरिएको हो ।