किन होलामा समिर र प्राश्ना

काठमाडौं । गायक दिलु पाख्रिनको स्वरमा रहेको गीत ‘किन होला’को भिडियो सार्वजनिक भएको छ । गीतमा समया सुनुवारको शब्द तथा गायक पाख्रिनको संगीत छ ।

गीतको भिडियोमा समिर खान र प्राश्ना कार्की फिचर्ड छन् । भिडियोमा लोकेशजंग ऐरको निर्देशन, विकास बिसीको सम्पादन तथा केशव पाण्डे र रितेश थापाको छायांकन छ ।