अमेरिकामा देखाइयो थेत्लङ

काठमाडौ । अहिलेसम्म सिक्किमको सबै स्थानमा, काठमाडांै, पाँचथर, इलाम, धरानमा प्रदर्शन भैसकेको लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ को अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटको ग्याल्सुंङ्दो हलमा प्रदर्शन गरिएको छ ।

सिक्किमका स्थापित लिम्बू साहित्यकार देउमान होन्दोक लिम्बुद्वारा लिखित उपन्यासमा आधारित लिम्बू लिपि र भाषामा लिखित पुस्तकलाई यस फिल्मका प्रस्तुतकर्ता मनि ताम्लिङको सहयोगमा सागर केरुङले पटकथा संवाद तयार गरेका हुन ।

ओपेरा डिजिटलको व्यानरमा निर्मित ‘थेत्लङ’ मा मनि ताम्लिङ र विराज लिम्बुको लगानी रहेको छ । फिल्मलाई दर्शकहरुले रुचाइएको कारण ‘थेत्लङ’ निर्देशक किशोर सुब्बाका अनुसार क्रमशः अब क्यालिफोर्निया, टेक्सास, ओहायु लगायत क्यानाडा, अष्ट्रेलिया, जापान, कोरिया, वेलायत, मलेसिया, हङकङ आदि देशमा प्रदर्शन हुनेछ ।

फिल्ममा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा दिनेश लिम्बुको नृत्य, हेमन्त योञ्जनको छायांकन, देउमान होन्दोक लिम्बुको कथा र सागर केरुङको पटकथा र सम्वाद रहेको छ ।