बुलाकीमा रमाउदै सुरक्षा

काठमाडौं । तिहार लगतै छायांकन सुरु गरिएको ‘बुलाकी’ फिल्मको ३५ प्रतिशत छायांकन पुरा भएको छ । डोल्पाको त्रिपुरा नगरपालिकाको सु गाउँ,लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै युनिट काठमाडौंबाट डोल्पा पुगेको थियो ।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट,प्रकाश कँडेल, सरस्वती खत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।

कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिब ढकाल हुन् । से–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, उपासना वाइवा,सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले, अमीत परियारलगायतको पनि अभिनय छ ।

सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । फिल्मको पूरा छायांकन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ ।