दीपेन्द्रको घुइँचोमा एलिजा र कुन्साङ

काठमाडौं । फिल्म ‘घुइँचो’ निर्माणको घोषणा गरिएको छ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक दीपेन्द्र लामाको निर्देशन रहनेछ । उनले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरिसकेका छन् ।

रामजी दैलेखीको लगानी रहने फिल्मले एक युवाको गाउँदेखि अमेरिकासम्मको यात्रालाई प्रस्तुत गर्नेछ । फिल्मकी नायिका एलिजा गौतमले फिल्म आफ्ना लागि पुनर्जन्म भएको बताइन् ।

नवनायक कुन्साङले आफू फिल्ममा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए ।

फिल्मको छायांकन माघकोे दोस्रो साताबाट सुरु गर्ने निर्माणपक्षको भनाई छ । फिल्मका अन्य कलाकार र प्राविधिक चाडै नै फाइनल गर्ने निर्माता दैलेखीले जानकारी दिए ।