रविलको आफ्नो लागिमा प्रियारानी

धरान । धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत ‘आफ्नो लागि’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा रोशन शर्माको संगीत, श्रेष्ठकै रचना र सुरज विश्वकर्माको संगीत संयोजन तथा मिक्सिङ छ ।

कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडियो श्रृष्टि राईको निर्देशनमा तयार भएको हो ।

भिडियोमा समस्टी राईको कला निर्देशन, अभि साम्पाङ राईको सम्पादन, समन महर्जनको छायांकन र कलर रहेको छ । ओएसआर डिजिटल युट्यूब च्यानल मार्फत गीत रिलिज गरिएको छ ।