आयुष्मानको पोखरेली नानी

काठमाडौं । युवा गायक आयुष्मान विस्टको स्वरमा समावेश ‘पोखरेली नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा वसन्त सापकोटाको संगीत, कुशलकुमार खनालको शब्द र सञ्जीव बराइलीको एरेञ्ज छ ।

भिडियोमा युवायुवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा खनाल र गायक आयुष्मान विस्ट फिचर्ड छन् ।

सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन र विकास दाहालको सम्पादन छ ।

पुष्पाञ्जली थापा विष्ट निर्मात्री रहेको भिडियोमा अनुप चापागाईको निर्देशन छ ।