नवलपुरकी राशीको परानी

काठमाडौ । नवलपरासी पूर्व (नवलपुर)की राशी रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक गरिएको छ । राशीलाई गीतमा राजेश भण्डारीले साथ दिएका छन् भने गीतमा केशव पौडेलको शब्द छ । गीतमा राजेश आफैले संगीत दिएका छन् भने एम थापाले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा कलाकार शिशिर पौडेल र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ । शभ्भु चालिसले खिचेको भिडियो राजेश कुमारले सम्पादन गरेका हुन् । भिडियोमा निर्देशन तथा कोरियोग्राफि चित्र मास्की मगरको रहेको छ ।

गायिका राशीले यसअघि पनि थुप्रै गीत गाइसकेकी छिन् । तर यसपटकको यस परानी गीतबाट निकै आशावादी रहेको बताउँछिन् । उनी भन्छिन्, ’मैले यसअघि गाएका गीत मध्ये यसबाट बढी आशावादी किन छु भने टिम पनि फरक र अग्रज हुनुहुन्छ ।

साथै आफैले निकै मन परेको गीत पनि हो ।’ गायिका राशीको यस गीतलाई त्रिवेणी इन्टरटेन्मेन्ट युट्युवबाट अपलोड गरिएको छ । अपलोड गरिएको एकदिनमै १ लाख बढी भ्युज पाएको देखिन्छ । भिडियोमा आएका सबै प्रतिक्रिया सकारात्मक छन् ।