प्रभावन र रोजिनाको सालघारीमा

काठमाडौं । गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘सालघारीमा’ सार्वजनिक भएको छ । माधब थापाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन प्रभावन जेको रहेको छ ।

एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको गीतमा रेकर्डिस्ट कर्ण सन्ज्याल र मिक्सिङ तथा मास्टरिङ मनोज परियारको रहेको छ । माया प्रेम र वियोगान्त भाव बोकेको भिडियोले एक जोडी प्रेमीको कथा बोल्छ ।

शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा निक्स शर्मा र उषा सुबेदी फिचर्ड छन् । दुर्गा पौडेलकाे छायांकन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।