पुष ३ मा नेपाल र अमेरिकामा फिच्यो

काठमाडौं । फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विषेश प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ बिषेश प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए ।

‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकाशले भने ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विषेश प्रदर्शन गर्न लागेका हौ ।’

फिल्म नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकाशका अनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काठमाडाैंकाे रानीदेवी पार्टी प्यालेस र अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विषेश प्रदर्शन गर्न लागेको हो ।

फिल्ममा विश्वास गुरूङ, ईन्द्र घले(काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घलेलगायतको अभिनय रहेको छ ।

गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलनसहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायांकन भएको छ ।रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्म निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश)का छायाँकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकाश घलेकै रहेको छ । फिल्म नृत्य गोरे गुरुङको रहेको छ ।

शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक), र अभिनाश एम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रदो सामाजिक परिस्थितीले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजिएको छ ।