टिजरमा आयो प्रकुको इओजी

काठमाडौं । प्रकु पाण्डेको निर्देशनमा बनेको फिल्म ‘इओजी (एरर्स अफ गड)’ को टिजर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

फिल्ममा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ ।

संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको यस चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । टिजर हेर्दा चलचित्र मार्फत केहि फरक स्वादको कथा पस्किन खोजिएको अनुमान गर्न सकिन्छ ।

क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको यस चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।