भदौ ३१ मा दर्शकमाझ लाखे

काठमाडौं । फिल्म ‘लाखे’ २०७९ सालको भदौ ३१ मा रिलिज हुने भएको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले सम्राट बस्नेत निर्देशित फिल्मलाई यो मितिमा आरआर फिल्मस्ले वितरण गर्ने सम्झौता भएको जानकारी दिएका छन् ।

फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्राचार्यको संगीत छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गुणस्तरीयतामा कुनै कसर बाँकी नराखेको निर्देशक बस्नेतले बताए ।