कामृद्धि बनिन् डीआरको चाँदनी

काठमाडौं । गायिका ममता गुरुङ र गीतकार तथा गायक डा. डीआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ । श्रेष्ठलाई मोडलिङमा गीतकार उपध्यायले नै साथ दिएका छन् । ५ मिनेट भन्दा लामो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायांकन सकिएको छ । सम्भवत एउटै पुलमा पुरै म्युजिक भिडियो छायांकन भएको यो पहिलो हो ।

भिडियोको निर्देशनसमेत उपाध्यायले गरेका छन् । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन भिडियोमा छ । गीतमा संगीत संयोजन पुरुषोतम सुवेदीको रहेको छ ।