१२ ब्युटिसियन छानिए

काठमाडौं । नेपाल भरका ब्युटिसियनहरुको लागि आयोजना गरिँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ चौथो सिजनको पहिलो अडिसनबाट १२ ब्युटिसियन सुन्दरी छानिएका छन् । गत चैत ७ गते काठमाडौंको रविभवनस्थित रोज सिप विकाश तालिम केन्द्रमा भएको अडिसनमा उनीहरु छानिएका हुन् ।

केन्द्रमा दोस्रो चरणको अडिसन आगामी बिहीबार हुँदैछ । प्रतियोगितामा भाग लिन चाहनेहरुले सम्बन्धित फेसबुक पेजमा गएर सम्पर्क गर्न आयोजक विलक्षण क्रियसनले जनाएको छ ।

रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसनले विगत ४ वर्षदेखि देशभरका ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा सहभागीहरुलाई दुई साता लामो विभिन्न प्रशिक्षण दिएर ग्रान्ड फिनालेमा उतारिने आयोजक संस्थाकी अध्यक्ष तथा सोनी कारंजितले बताएकी छिन् । चौथो संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को अडिसनमा एन्फाका उपाध्यक्ष सुन्दर थापा, अग्रज ब्युटिसियनहरु रिना अवाले, देवी महर्जन, रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारंजित, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल निर्णायक थिए ।

पहिलो सिजनकी विजेता तथा गायिका, सञ्चारकर्मी सरिता भारती र दोश्रो सिजनकी विजेता सरु जोशी पनि अडिसन कार्यक्रममा अतिथि थिए ।