टुँडिखेलमा राष्ट्रिय लोक दोहोरी महोत्सव

काठमाडौं । यही चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंको ठूलो टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ हुने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले महोत्सवको आयोजना गर्न लागेको हो ।

विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ । आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ ।

कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ । प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख,दोश्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाख संगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङ्गको प्रस्तुति रहने छ ।