मुहुर्तसँगै छायांकनमा सरी मम

काठमाडौं । फिल्म ‘सरी मम’को बिहिबार भद्रकाली मन्दिरमा मुहूर्तसँगै छायांकन सुरु भएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र कलाकार प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतीमा निर्माण हुने फिल्ममा सरिता र प्रभातका अलावा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । फिल्मको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्ममा नवीन बोगटीको ‘डेब्यू’ निर्देशन हुनेछ । तीस दिनको छायांकन सेड्युल राखिएको फिल्ममा दीर्घ गुरुङको छायांकन छ । सामाजिक कथावस्तुमा निर्माण गरिने फिल्म आगामी वर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताए ।