मुम्बई(एजेन्सी) । दक्षिण भारतका सुपरस्टार रामचरण तेजा, जूनियर एनटीआर तथा बलिउडका अजय देवगन र आलिया भट्टको प्रतिक्षित फिल्म ‘आरआरआर’ शुक्रबारबाट रिलिज हुँदैछ । रिलिजको छेकोमा फिल्मका निर्माता, निर्देशक तथा कलाकारहरु प्रमोसनमा व्यस्त छन् ।
पाँच सय ५० करोड बढीको बजेटमा बनेको फिल्मप्रति फ्यानको क्रेज यति धेरै छ कि यो फिल्मको लागि झण्डै ६० करोड रुपैंयाँ भन्दा बढी एडभान्स बुकिङ भइसकेको छ ।
व्यापार विश्लेषकहरुले फिल्मको ओपनिङ व्यापार नै सय करोड बढी हुने दाबी गरेका छन् । प्री—रिलिज कमाईमा पनि फिल्मले कैयौं रेकर्ड तोडेको छ । फिल्मको वितरण, सेटलाइट, संगीतजस्ता अधिकरा बेचेर फिल्मले रिलिज अघि नै करिब ८ सय करोडको कमाई गरिसकेको छ ।
एसएस राजामौलीको यो फिल्मको प्री—रिलिज थिएट्रिकल व्यापार सबै भाषामा ४ सय ७० करोड रुपैंयाँभन्दा बढी छ । यो फिल्म प्री—रिलिज थिएट्रिकल व्यापार गर्ने मामलामा सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ ।
फिल्मले ‘बाहुबाली’को रेकर्ड पनि तोडेको छ । किनकी ‘बाहुबली’ले ३ सय ५० करोड रुपैंयाँ प्री—रिलिज थिएट्रिकल व्यापार गरेको थियो । जबकी ‘आरआरआर’ ले २ सय ७५ करोडदेखि ३ सय करोड रुपैंयाँ नन थिएट्रिकल व्यापार गरेको छ ।
यस हिसाबले फिल्मले रिलिज अघि ७ सय ५० देखि ८ सय करोडको व्यापार गरिसकेको छ ।