तुवाचुङमा मिना र निराजन

काठमाडौं । गायिका मिना राईको नयाँ भिडियो ‘तुवाचुङ’ सार्वजनिक भएको छ । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक तथा संगीतकार निराजन राईको अभिनय छ ।

सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन ‘तुवाचुङ’ रहेको भिडियो अघिल्ला भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका मिना राई विश्वस्त छन् । भिडियो हेल्लो नेपाल टिभिबाट रिलिज गरिएको हो ।