बालबालिकामाझ राजेन्द्रले मनाए जन्मदिन

काठमाडौं । संगीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर ‘इकु’ले सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर संगीतकार बजगाईंले आफ्नो जन्मदिन मनाएका हुन् ।

त्यहाँ रहेका १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री संगीतकार बजगाईंले प्रदान गरेका हुन् ।

संगीतकार बजगाईंको जन्मदिन मनाउन आश्रम पुगेका गायक तथा संगीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरूको स्कुल शुल्कको लागि भनेर पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।