दिन्थे मुटु झिकीमा पल र एलिजा

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमले अभिनय गरेको म्युजिक ‘दिन्थे मुटु झिकी’को भिडियो सार्वजनिक भएको छ । गीतमा पवन ओलीको शब्द तथा संगीत छ ।

गीतमा निसान भट्टराई र विष्णु माझीको स्वर छ । गायक तथा संगीतकार ओलीले यसअघि ‘खोलीमा पनि’, ‘बुटवल बसपार्क’ र ‘परदेशको बास’ लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक गीतमा आशिष अविरलको एरेञ्ज छ ।

शिव विकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुरेश काफ्लेको ड्रोन, विमला तामाङको मेकअप, मिलन विश्वकर्माको सम्पादन र पदम सुवेदीको ग्राफिक्स छ ।

भिडियो पवन ओली अफिसियलबाट सार्वजनिक गरिएको हो ।