काठमाडौं । रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन् । स्नेहाले ८ प्रतियोगीलाई पछि पार्दै महिलातर्फ र रिसमले १० प्रतियोगिलाई पछि पार्दै पुरुषतर्फको शीर्ष उपाधि चुमेका हुन् । विजेताले ७० हजार नगदसहित विभिन्न उपहार प्राप्त गरे ।
ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसनको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ अनुषा कुँवर क्षेत्री फष्ट रनर अप र अनु मानन्धर सेकेन्ड रनर अप चुँनिदा पुरुषतर्फ ओम जोशी फष्ट रनर अप र समर पुरी सेकेन्ड रनरअप बने ।
प्रतियोगितामा अभिनेता रमेश उप्रेती, पहिलो मिस युनिभर्स नग्मा श्रेष्ठ, फेसन डिजाइनर मञ्जु ढकाल, टन्सर कसेसी, उपसना श्रेष्ठ, निकिता थापालगायत निणार्यक थिए । प्रतियोगितामा ‘मिसेस टुरिजम २०२२’ को ताज मधु किरणलाई प्रदान गरियो । मधुले दुबईमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘मिसेस टुरिजम २०२२’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाकी सिइयो दुर्गा बिसुरालले जानकारी दिइन् ।
प्रतियोगितामा फोटोजेनिक अनिल महत र जागृति यादव, मष्ट पपुलर राजिव चौधरी र प्रिंकला खड्गी, बेष्टवाक सौर्य तिर्वा र अनुषा कुँवर क्षेत्री, मष्टफ्रेण्डली आयुष पाण्डे र ग्रिष्मा तामाङ, बेष्ट हेयर प्रमिला बिष्ट, मष्टस्टाइलिस ओम जोशी र प्रमिला बिष्ट, बेष्ट फिजिक समर पुरी र प्रिंकला खड्गी, मष्ट ट्यालेन्ट जिक्टेन शेर्पा र अनुषा कुँवर क्षेत्री, बेष्ट पर्सनालिटी रिसभ मितल र स्नेहा ढकाल, मिस डिसिप्लेन सृष्टि नेमकुल घोषित भएका थिए । प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य थिए ।