कमलको गीतमा गरिबी पीडा

काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘घर सम्हाल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कोमल प्याकुरेलको शब्द तथा जीवन भण्डारीको संगीत छ ।

सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा बनेको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।

गरिबीको कारण घर छोडेर कमाउन हिड्नुपरेको कथा गीतमा देखाईएको छ । प्रकाश पाण्डेले छायांकन गरेको भिडियोका सम्पादक बिष्णु खड्का हुन् ।