सुरक्षासँग आकाश निशब्द

काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको गीत ‘निशब्द’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा एकै नजरमा मनपरेको व्यक्तिसँग बोल्न र आफ्ना मनको भावना प्रकट गर्न नसक्दाको परिस्थितिलाई वर्णन गरिएको छ । गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत तथा राहुल प्रधानको एरेञ्ज छ ।

म्युजिक भिडियोमा स्वयम् गायिका सुरक्षा सेन्चुरी र नायक आकाश श्रेष्ठ फिचर्ड छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।