ताप्लेजुङको सिनाममा रीत

काठमाडौं । ताप्लेजुङको सिनाममा हाल फिल्म ‘रीत’को धमाधम छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्म्सद्वारा निर्माण गरिरहेको यो फिल्ममा निर्देशन दिनेश लिङदेनले गरिरहेका छन् ।

लिम्बु भाषा संस्कृतिमा आधारित फिल्ममा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छो हाङ इङ्नाम, यासेली योङ्हाङ, सागर केरुङ, रत्ना लिङ्देन, पुर्न सेलिङ, एन्जिला नेम्बाङ, नन्दु तुम्बापो, भीम थेबे, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु लिम्बु, नितु नेम्बाङ, एस्थर खालिङ लगायतको अभिनय छ ।

फिल्ममा सागर केरुङको कथा, मान तबेबुङ नाजम र अशोक लोहरुङको संगीत, सुमन तामाङको छायांकन छ । निर्देशक लिङ्देनका अनुसार फिल्म ताप्लेजुङको अलावा पाँचथर, इलाम, झापा र काठमाडौंमा पनि छायांकन गरिनेछ । फिल्मको प्रस्तुतकर्ता विष्णु इङ्नाम हुन् ।