महापुरुषमा मदनकृष्ण—हरिवंश

काठमाडौं । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘महापुरुष’को निर्माण घोषणा गरिएको छ । वैशाख दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा प्रदीप भट्टाईको निर्देशन रहनेछ ।

षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् ।

उनले प्रदीप भट्टराईको निर्देशनमा यसअघि ‘जात्रा र जात्रै जात्रा’ जस्ता सफल फिल्ममा सहकार्य गरिसकेका छन् । यो उनीहरुको तेस्रो सहकार्य हो । फिल्ममा गौरी मल्ल र अरुण क्षेत्रीको अभिनय रहने छ । अरुण यही फिल्मबाट अभिनेताको रुपमा डेव्यु गर्दैछन् ।

निर्माण टिमले दिएको जानकारी अनुसार फिल्ममा अभिनेय गर्ने अन्य कलाकार अभिनेत्री छनोट प्रक्रिया चलिरहेको छ । फिल्ममा नरेन्द्र मैनालीको छायांकन हुनेछ ।