परेलीमा रोमान्टिक आकाश र पुजा

काठमाडौं । आगामी जेठ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत ‘परेली’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्त र निमेष प्रधानको स्वर छ । गायक प्रधानकै शब्द तथा संगीत रहेको गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा आदित्य प्रधान र रेविका प्रधानको लगानी छ । निमेष प्रधान निर्देशित फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको यो फिल्म आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ ।