मिलनसँग सत्यराजको र्याई र्याई

काठमाडौं । देब गहतराजको प्रस्तुतीमा ‘सानी र्याई र्याई’ बोलको गीत सार्वजनिक भएको छ । देवकै लेखन र संगीत रहेको गीतमा गायक तथा संगीतकार सत्यराज आचार्य र गायिका मिलन नेवारको स्वर छ । गीतमा गोपाल रसाईलीको संगीत संयोजन छ ।

गीतको रेकर्डिङ किरण विक र कमल थापाले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाईलीको छ । लोक शैलीमा आधारित डान्सिङ प्याटर्नको भिडियोमा प्रकाश सपुत र आँचल शर्मा फिचर्ड छन् ।

कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन र रेनिश फागोको रंग संयोजन छ । भिडियो सत्य—स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।