विकासको नेपालमा देशभक्तिका कुरा

काठमाडौं । देशभक्ति भावको गीत ‘नेपाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतले देश त भूगोल मात्र हो, राष्ट्रको असली अनुहार त जीवन हो भन्ने विचार बोकेको छ । गीतमा रामचन्द्र काफ्ले, जुनु रिजाल र स्मिता दाहालको स्वर तथा रामचन्द्रको संगीत र महेश दाहालको शब्द छ ।

विकास सुवेदीले निर्देशन गरेको भिडियो बाँकेको नेपाल भारत सिमाबाट सुरु भएर नेपाल चीन सिमामा रहेको मुगु जिल्लामा पुगेर सकिन्छ । सशस्त्र युद्धको समयमा बर्दियामा माओवादीले हत्या गरेका सहिद गोविन्द पौडेलको सम्झना निर्माण गरिएको भिडियोको छायांकनका लागि दैलेखको गुरासेमा रहेका राउटे बस्तीमा सम्म निर्माण युनिट पुगेको थियो ।

नेपाल तराई, पहाड र हिमालको संयोजन गरिएको भिडियोमा विवेक पौडेलको अभिनय, सागर प्रधानको छायांकन र प्रकाश बस्नेतको सम्पादन रहेको छ । दश दिन लगातार सुटिङ गरिएको भिडियो कर्णाली प्रदेशका ६ जिल्लामा छायांकन गरिएको छ ।