शमशेरमा जोडिए प्रकाश र सुमन

काठमाडौं । फिल्म ‘शमशेर’मा ‘साङ्लो’ र ‘लभस्टेसन’ अभिनेता प्रकाश शाह र एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थी सुमन थापा अनुबन्धित भएका छन् । यो फिल्मका लागि हालसम्म निर्देशक फाइनल भइसकेका छैनन् ।

फिल्मको मुख्य भुमिकामा यसअघि नै अभिनेता मनिष राउत र गौरव पहारी अनुबन्धित भैरहेका छन् । फिल्मको हाल मुख्य अभिनेत्री र निर्देशकको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।

एक्सन जनरामा निर्माण गरिनेमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । फिल्ममा हिमेश पन्त, सुमन गौतम, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

फिल्मको छायांकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा राकेश दाहालको पोस्टर डिजाइनरका रुपमा रहेका छन् । चाँडै फ्लोरमा जाने तयारीमा रहेको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।