शिव र आनीको यहि हो मेरा देश

काठमाडौं गायक शिव परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत राष्ट्रिय भावको गीतयहि हो मेरो देशसार्वजनिक भएको छ

गीतकार धर्मेन्द्र खड्काको रचना रहेको यस गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन गरेका छन्   होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् गीतका रेकर्डिस्ट रेशम गदाल हुन्

गीतको कोरस गायनमा संगीता रानापहेली, अप्सरा योगी, खुशी थुलुङ्ग राई, बिशालदेब श्रेष्ठ, युवराज घर्ती मगर र सगुन लिम्बुको स्वर सुन्न सकिन्छ गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ

गीतको म्युजिक भिडियो बिकल रानापहेलीले गरेका हुन् राना पहेलीले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् भिडियोलाई योगेश दाहालले छायाँकन र सम्पादन गरेका हुन्

गीतकार धर्मेन्द्रले यसअघि ख्यातीप्राप्त गायक, गायिका तथा संगीतकारहरुको सहकार्य गर्दैउद्गारनामको एल्बम सार्वजनिक गरिसकेका छन्