विदेश यात्रामा म यस्तो गीत गाउँछु २

काठमाडौं फागुण १३ गतेबाट रिलिज भएको नेपाली फिल्मम यस्तो गीत गाउँछु २को बिदेश यात्रा मे महिनाबाट सुरु हुने भएको छ

यो फिल्मलाई विश्वभर रिलिजका लागि नेपसिनेले जिम्मा लिएको छ आज, चलचित्रका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग संझौता पत्रमा हस्ताक्षर गरेका छन् नेपसिनेले यो चलचित्रलाई विश्वभर वितरण गर्नेछ यस्तै, अमेरिका र क्यानडमा चलचित्रको प्रदर्शनको जिम्मा पनि नेपसिने कम्पनीले नै लिएको छ

यो चलचित्रको अमेरिका, यूके, अष्ट्रेलिया, क्यानडा र हङकङ रिलिजका  लागि संझौता भैसकेको चलचित्रका निर्माता तथा निर्देशक सुदर्शन थापाले जानकारी दिए

चलचित्रलाई अमेरिका र क्यानडामा नेपसिनेले प्रदर्शन गर्नेछ भने यूकेमा मिफुरुङ यूथ, यूके मगर एसोसियसनले प्रदर्शनको जिम्मा लिएको छ यस्तै, अष्ट्रेलियामा चलचित्रलाई नेपाली टचले प्रदर्शन गर्ने जिम्मा लिएको छ अमेरिका र क्यानडामा भने नेपसिनेले नै चलचित्रलाई प्रदर्शन गर्नेछ

फागुण १३ गतेबाट रिलिज भएको यो चलचित्रले नेपालमा ब्लकबस्टर व्यापार गरेको थियो नायक पल शाह, नायिका पूजा शर्मा, कलाकारहरु हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका रहेको यो चलचित्रलाई निर्देशक थापाले सांगीतिक लभ स्टोरी कथामा निर्माण गरेका छन् चलचित्रको कथा नायक पल शाहको वर्तमान घटनासँग पनि धेरै हदसम्म मिलेको प्रतिक्रिया नेपाली दर्शकले दिएका थिए

कोरोना महामारीपछि पहिलो ब्लकबस्टर चलचित्रको रुपमा प्रस्तुत भएकोम यस्तो गीत गाउँछु २लाई नेपालमा जस्तै नेपाल बाहिर रहेका नेपाली दर्शकले पनि मन पराउने विश्वास नायिका पूजा शर्माले गरिन् यस्तै, चलचित्रका निर्देशक सुदर्शन थापाले भने–‘चलचित्रलाई नेपालका दर्शकले निक्कै मन पराउनुभयो नायक पल शाहको बर्तमान वास्तविक घटनासँग मिल्न गएकाले पनि दर्शकका लागि यो कथा सरप्राइज जस्तै भएको छ विदेशमा बस्नुहुने नेपालीहरुले पनि चलचित्रलाई मन पराउनुहुनेछ भन्नेमा ढुक्क छु

यस्तै, चलचित्रका लागि अन्य विभिन्न देशबाट पनि कुरा आइरहेको नेपसिनेका नेपाल प्रमुख विधानले जानकारी दिए उनले, चलचित्रलाई कुनै पनि देशमा प्रदर्शन गर्नु परेमा नेपसिने र चलचित्रको निर्माण टिमसँग सम्पर्क गर्न सकिने जानकारी गराए जन्म जय साम्पाङ राई सहनिर्माता रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ