नयाँ भर्सनमा छ भनु कि छैन भनु

काठमाडौं । गायक सचिन रौनियारले आफ्नो लोकप्रिय गीत ‘छ भनुँ की छैन भनुँ’को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच शुक्रबार यो गीतको भिडियो विभिन्न अग्रज कलाकारहरुबाट सार्वजनिक गरियो ।

यो गीतको भिडियोलाई कार्टुन क्रिउले बनाएको हो । कार्टुन क्रिउका सरोज अधिकारी, आश्मा विश्वकर्मा र विभिन्न कलाकारको अभिनय रहेको यो गीतको भिडियोमा बियोगान्त कथा छ । यस अघि कैयौं भिडियोमा नृत्य प्रस्तुत गर्दै आएका आश्मा र सरोज यसपटक नृत्यबाट निकै पर हटेर यस भिडियोमा ससक्त अभिनयमा प्रस्तुत भएका छन् ।

गीतको भिडियोलाई सरोज र सरिन पोखरेलले निर्देशन गरेका हुन् । सँकल्प भुजेलको छायाँकन र सुरज अधिकारीको सम्पादन रहेको यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई द कार्टुन क्रिउको युट्युव च्यानलबाट शुक्रबार रिलिज गरिएको छ । सचिनकै स्वरमा २३ वर्ष अघि रेकर्ड भएर श्रोता माझ आएको यो गीतलाई अहिले फेरी उनकै स्वरमा रेकर्ड गरिएको हो ।

तीन दशक भन्दा लामो समयदेखि गायनमा सक्रिय सचिनले यो गीतको बारेमा भने,‘हुन त म सँग डान्सिङ प्याटनको रोमान्टिक नयाँ गीत थियो, तर पनि सरोज र आस्माले यो गीत सुनेपछि यसमै भिडियो बनाउने चाहना व्यक्त गरे ।’ सोही कारण २३ वर्षपछि यो गीतलाई पुन सँगीत सँयोजन र रेकर्डिङ गरेर श्रोतामाझ ल्याएको गायक रौनियारले बताए ।