शीर्ष गीतमा सत्यम

काठमाडौं । घोषणा भएर समयमै छायांकनमा जान नसकेको फिल्म ‘सत्यम’ निर्माण टिमले आफ्नो फिल्मको शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ ।

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ ।

फिल्म मुख्य अभिनेतामध्येका पल शाह नाबालिग बलात्कार घटनामा मुछिए पछि यो टिम छायांकनमा जान सकेको छैन । निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानविन निश्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायांकन प्रारम्भ गर्न कठिन रहेको बताए ।

फिल्ममा राजेश हमाल, पल शाह, अनुपविक्रम शाही, उपाशना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहनेछ ।