लिरिकल भिडियोमा डीआरका गीत

काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको ‘तिमी मेरो पहिलो माया, तिमी नै हौ अन्तिम’ गीति एलबममा रहेका गीत सार्वजनिक भएका छन् । एलबममा रहेका ‘पराईले दिएको’, ‘खुशीमा झुम्दै’, ‘मेरो मुटुबाट’, ‘चाहान्छु म तिम्रै’ र ‘आज भोलि किन’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

सबै गीतमा सूर्य दयालुको संगीत तथा संगीत संयोजन रहेको छ भने सूर्य दयालु, रचना रिमाल र प्रविन बेड्वालको स्वर रहेको छ । मेलोडियस गीतको लिरिकल भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् । उहाँको केही समय पहिला सार्वजनिक भएको गीत ‘स्त्री जातैले ’ यतिवेला स्रोता÷दर्शकको साथ पाइरहेको छ ।

यस्तै उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् ।