कमल हासनविरुद्ध उजुरी

मुम्बई(एजेन्सी) अभिनेता कमल हासन भारतीय फिल्मका शानदार अभिनेता हुन् भन्दा फरक नपर्ला उनी यतिबेला चर्चामा छन् उनको रिलिजको तयारीमा रहेको नयाँ फिल्मविक्रमजून ३ मा दर्शकमाझ आउँदैछ

केही समय अघि यो फिल्मको गीतपत्थला पत्थलासार्वजनिक भएको थियो अहिले यही गीतको कारण कमल कानूनी फन्दामा परेका छन् उनीविरुद्ध उजुरी दर्ता भएको छ

यो गीत कमलले नै लेखेर स्वर दिएको गीत हो यो गीतमा अनिरुद्ध रविचन्दरले संगीत दिएका छन् तर गीतले केन्द्र सरकारको मजाक उडाएको भन्दै गीत र कमलविरुद्ध चेन्नई प्रहरीमा उजुरी परेको छ गीतले श्रोतामाझ विभाजन गरेकाले गीतको केही शब्द हटाउनुपर्ने माग छ सामाजिक कार्यकर्ता सेल्वमले गीतविरुद्ध उजुरी दिएका हुन्

सेल्वमले मद्रास हाई कोर्टमा जाने तयारी गरिरहेका छन् उनले आफ्नो उजुरीमा सुनुवाई भएन भने फिल्म रिलिजको माग गर्दै अर्को निवेदन दिने चेतावनी दिएका छन्