सीमासँग अलग्गिदै सोहेल

मुम्बई(एजेन्सी बलिउड अभिनेता सलमान खानका अभिनेता तथा निर्देशक भाई सोहेल खान पत्नी सीमासँग विवाहको २४ वर्षपछि अलग्गिँदै छन् शुक्रबार दुवैले मुम्बईको फेमिली कोर्टमा गएर अलग्गिनका लागि निवेदन दिएका छन् बीकेसी फेमिली कोर्टमास डिभोर्सको निवेदन दिएपछि दुवैजना आआफ्नो कारमा घर गएका थिए दुवैको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

भारतीय सञ्चारमाध्यमले निवेदन दिएको कुरा उल्लेख गरे पनि दुवै पक्षले यस विषयमा केही बोलेको छैन तर दुवैबीच निकै लामो समयदेखि सम्बन्धमा चिसोपन आइरहेको थियो

सोहेल र सीमाले सन् १९९८ मा भागी विवाह गरेका थिए सीमा दिल्लीकी हुन् उनी फेसन डिजाइनिङमा करियर बनाउनका लागि मुम्बई आएकी थिइन् मुम्बईमा सीमासँग भेटेपछि सोहेल उनको प्रेममा परेका थिए उनीहरुले डेट सुरु गरेपनि छिट्टै विवाह गर्ने चाहना राखेका थिए तर सीमाको परिवारले उनीहरुको विवाहमा स्वीकृति दिएन जसकारण उनीहरुले भागी विवाह गरेका थिए

सीमा एक पञ्जाबी परिवारकी युवती हुन् विवाह अघि उनको नाम सीमा सचदेव थियो सोहेलको फिल्मप्यार किया तो डरना क्यारिलिजको दिन उनीहरुले आर्य समाज मन्दिरमा भागी विवाह गरेका थिए उनीहरुका निर्वाण र योहान नामका दुई छोरा छन्