२६ दिनमा सकियो २ नम्बरी

काठमाडौं । अभिनेता दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को छायांकन २६ औं दिनमा पुरा भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् । उनका अनुसार फिल्मको पोखरामा इन्डकल्याप गरिएको हो ।

फिल्मको छायांकन वैशाख पहिलो सातादेखि कास्कीको ल्वाङ गाउँबाट सुरु भएको थियो । फिल्ममा उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य अभिनय छ । कार्तिक ४ गते प्रदर्शनमा आउने फिल्मले मित्रताको कथा बोल्नेछ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजीव गुरुङ निर्माता छन् ।