वियोगान्त गीतमा लाइफ इन एलए

काठमाडौं । यही जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लाइफ इन एलए’को नयाँ गीत ‘बस न’ सार्वजनिक भएको छ । वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतमा फिल्मका प्रमुख कलाकारद्वय ब्यास बिस्सु र अकेशा विष्ट फिचर्ड छन् ।

विभिन्न कामको सिलसिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको फिल्ममा सुर्य एन श्रेष्ठको निर्देशन छ । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको छ । फिल्म अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिएको छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता ब्यास आफैं हुन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । फिल्मको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् ।