मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खानका अभिनेता भान्जा इमरान खानले पति अवन्तिका मलिकबाट अलग्गिने निर्णय लिएका छन् । दुवैको सम्बन्धलाई लिएर सन् २०१९ देखि नै विभिन्न अड्कलबाजी भइरहँदा दुवैले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हुन् ।
समाचारअनुसार अवन्तिका विवाहपछि इमरानलाई एक नयाँ मौका दिन चाहन्थिइन् । तर निकै प्रयासका बाबजुद उनी यो प्रयासमा असफल भइन् । अवन्तिका र इमरानका साथीहरु तथा परिवारले पनि उनीहरुलाई मिलाउने प्रयास गरे पनि त्यसमा सफल हुन सकेनन् । यद्यपि दुवैले अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएका छैनन् ।
इमरान र अवन्तिका १० वर्षको प्रेम सम्बन्धपछि सन् २०११ मा विवाह गरेका थिए । दुवैको ७ वर्षकी छोरी छन् । उनीहरु सन् २०१९ देखि नै अलग बस्दै आएका छन् ।
इमरानले फिल्म ‘जाने तू या जाने ना’बाट आफ्नो करियर सुरु गरेका थिए । यो फिल्म सफल साबित भएको थियो । यसपछि उनले ‘मेरे ब्रदर की दुल्हन’, ‘देली बेली’ र ‘लक’लगायतका फिल्ममा अभिनय गरेका छन् ।