काठमाडौं । निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘वर एण्ड वधु’को निकै तामझामका साथ घोषणा गरेका छन् । तीन सातापछि छायांकनमा जाने फिल्म नेपालसँगै रोमानिया, इटाली र फ्रान्समा खिचिनेछ ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र नवनायक विवेक कर्माचार्यको रोमान्स दर्शकले हेर्न पाउनेछन् । फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, बुद्धि तामाङ, किरण केसी, हिमेष पन्त, श्रृष्टी खड्का, राजकुमार शाह, रविना केसी, मनोज केसी, ध्रुव दत्त, सन्तोष खनाललगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद, सुदिप बरालको छायांकन, कविराज गहतराज र सुसी वाइवाको कोरियोग्राफी, हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन रहनेछ ।
अभिनेत्री आँचलले यो फिल्मसँग जोडिन पाउँदा आफूले भाग्यमानी ठानेको बताइन् । यस्तै, नव–नायक विवेकले फिल्मका लागि आफूले मिहिनेत गरेको र दर्शकले फिल्ममा त्यसको नजिता पनि देख्ने बताए ।
निर्देशक मिलन चाम्सले आफूले सधै नै फिल्म क्षेत्रको विषयमा मात्र सोच्ने गरेको बताए । कमेडी र लभस्टोरी कथामा बन्ने यो फिल्मलाई पनि दर्शकले रुचाउनको उनको विश्वास छ ।