शेखरको कहाँ बित्छ र जिन्दगी

काठमाडौं । गीतकार तथा साहित्यकार शेखर ढुङ्गेलको शब्द तथा गायक उदय सोताङको स्वर तथा संगीतमा रहेको गीत ‘कहाँ बित्छ र जिन्दगी त्यति सहजै’ सार्बजनिक भएको छ ।

लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार ढुंगेलको यस गीतको भिडियो आर्टिस्ट नेपाल नेटवर्कको ब्यानरमा तयार भएको हो । यस गीतको भिडियोमा रोशन सुबेदी, अपेक्षा खड्का र बालकलाकार सार्थ पण्डितको अभिनय छ । भिडियोमा गीतकार शेखर पनि आफैं फिचर्ड छन् ।

गीतमा उदय सोताङ्गकै संगीत रहेको छ । सचिन सिंहको संगीत संयोजन तथा मित्र लामाको मिक्सिङ्ग रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशन नव ढुङ्गेलले गरेका हुन् भने छायांकन अमृत सुनुवार र सम्पादन माधब बेलबासेले गरेका छन् । आर्टिस्ट नेपाल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।