काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को सातौं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’ (नयाँ सेसन) का लागि आवेदन खुल्ला भएको जनाएको हो ।
१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उँचाई हुनुपर्ने प्रावधान राखेको छ । आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ ।
आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले प्रतियोगिताको अडिसन अगामी ४ असारदेखि साउनको अन्तिम सातासम्म हुने बताए । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकाश, शारीरिक बनावट, र्याम्प वाक, बडि ल्याङ्ग्वेज, फोटोशुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहार सहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विजेताले बिज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।