पुष्प र अञ्जनाको अभिनयमा नबोल हेपेर

काठमाडौं—अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बिष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन् ।

मिलन विष्टको शब्द, नविन रावलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । बिकाशा प्रोडक्सनले भिडियोको निर्माण गरेको हो । भिडियोमा पण्डितकी छोरी र मूर्तिकारबीचको प्रेमलाई प्रस्तुत गरेका छन् ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनेको छ । सागर प्रधानको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियो ‘उमारन क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।