धर्मेन्द्रका एैयो रैयो सैयो

काठमाडौं । गायक धर्मेन्द्र सेवानको नयाँ गीत ‘एैयो रैयो सैयो’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत धनमाया परियारको रहेको छ । रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन् ।

भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पबन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ ।

सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनाइएको छ । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

भिडियो गायक धर्मेन्द्र सेवानकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।