विवाहपछि नयनताराको यस्तो घोषणा

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय अभिनेत्री नयनताराले हालैमात्र विग्नेश शिवनसँग विवाह गरिन् । नयनतारा अहिले वैवाहिक जीवनमा रमाइरहेकी छन् । उनले आफ्नो अभिनय जीवनलाई लिएर एउटा महत्वपूर्ण निर्णय लिएकी छन् ।

उनले अब फिल्ममा देखाइने अन्तरंग दृश्यमा अभिनय नगर्ने घोषणा गरेकी छन् । यतिमात्र होइन फिल्ममा अभिनेता तथा सह–अभिनेतासँग रोमान्टिक दृश्य पनि नदिने भएकी छन् । उनी पतिसँग क्वालिटी टाइम बिताउनका लागि केही समय अभिनयबाट पनि ब्रेक लिँदैछिन् ।

नयनताराको आउँदो फिल्म ‘जवान’ हो । जसमा उनी अभिनेता शाहरुख खानसँग देखिँदैछिन् । शाहरुख आफै पनि अन्तरंग दृश्य दिन चाहदैनन् । यहीकारण नयनताराले फिल्ममा अन्तरंग दृश्य नदिने निर्णय लिएकी हुन् ।

नयनतारा विवाहपछि आशीर्वाद लिनका लागि पतिका साथ तिरुपति मन्दिर पुगेकी थिइन् । मन्दिर परिसरमा चप्पल लगाएर पुगेपछि उनी विवादमा तानिएकी थिइन् । विवादमा आएपछि जोडीले एक विज्ञप्ती जारी गर्दै माफी मागेको थियो । उनीहरुले आफू हतारमा रहेकाले चप्पल खोल्न बिर्सिएको बताएका थिए ।