प्रकाशको मान्छे मान्छेमा वर्गीय द्वन्द्वको कथा

काठमाडौं । फिल्म ‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक गरिएको छ । बिहिबार डिएआर मुभिज युट्युब च्यानल मार्फत सार्वजनिक लिरिकल भिडियोमा फिल्मका चल अचल दृष्य समावेश गरिएको छ ।

गीतले वर्गीय द्वन्द्वको विषयलाई गहन रुपमा प्रस्तुत गरेको छ । फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ ।

अशोक शेरचनको बश्द रकेको गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर रहेको छ ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।