रेडमडमा गगन र निती

काठमाडौं । कफी पारखीहरू माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीले बौद्धमा आफ्नो १३ औँ आउटलेटको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापा र मोडल एवम् मिस इन्टरनेशनल नेपाल २०१७ निती शाहले संयुक्त रुपमा शुभारम्भ गरे ।

कार्यक्रममा गगनले १३ औं आउटलेटसम्म बिस्तार गरेकोमा बधाई दिँदै थप रेडमडले भित्र्याएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए । उनले आफूले वैदेशिक लगानीको नीति नियम बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । मोडल नितीले यो नयाँ आउटलेट निकै नै आकर्षक रहेको र युवा पुस्तालाई मन पर्ने कुरामा ढुक्क रहेको बताइन् ।

११ वर्षअघि काठमाडौँको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको ’रेडमड कफी’ विस्तार हुने क्रममा रहेको छ । फस्टाउँदै गएको कफी तथा रेस्टुरेन्ट बजारलाई ध्यानमा राखेर नयाँ आउटलेट टुसाल, बौद्धमा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।सञ्चालकद्वय सुनिता तामाङ र मनोज पाख्रिनले आफूहरू रेडमडको कफी, सर्भिस र खानाबाट प्रभावित भएर नै बौद्धमा रेडमड कफी सञ्चालनमा ल्याएको बताए ।

उपत्यकाभित्र रेडमडका आउटलेटहरु थापाथली, नयाँ बानेश्वर, पानी पोखरी, डिल्लीबजार, एकान्तकुना, झम्सिखेल, दरबारमार्ग, बुढानीलकण्ठ र उपत्यका बाहिर विराटनगर , मनाङ लगायतका स्थानमा रहेका छन् । यस सँगै रेडमडले निकट भविष्यमा थप आउटलेट पनि विस्तार गर्ने योजना रहेको सञ्चालक प्रवेश हुमागाईँले जानकारी दिए ।