सर सर मायामा नाजिर र रुबिना

काठमाडौं । गायक जगदीश समालको नयाँ गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा डि.पी खनालको शब्द, शंकर थापा ‘स्माईल’को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

भिडियोमा नाजिर हुसेन र रुबिना थापासँगै रोजिना धिमालको अभिनय छ । अर्जुन तिवारी र टिमको छायांकन रहेको भिडियोमा सुप्रीम पराजुलीको सम्पादन र रंग संयोजन, राजीव समरको कोरियोग्राफी तथा शान थापाको निर्देशन छ ।

हर्क राई र मधु राई प्रस्तुतकर्ता रहेको भिडियो गायक समालको अफिसियल युट्युब च्यानल ‘जगदिश समाल’मार्फत सार्वजनिक गरिएको हो ।